काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) काे चुुनावी परिणाम विवादमा तानिएकाेे छ । नेपालबाट खसेकाे ८ सय २३ मतमा उपाध्यक्षका उम्मेदवार डा.केशव पाैडेलकाे शून्य मत आयाे । जबकी उनी स्वयंले नेपालबाटै मतदान गरेका थिए । उम्मेदवारकै मत हराएपछि निर्वाचनमा अपनाइएकाे डिजिटल भाेटिङ सिस्टम प्रभावित पारिएकाे विषय बाहिर आएकाे छ । पाैडेलले अहिलेकाे नतिजा पहिलै तयार गरिएकाे भन्दै नतिजा स्विकार्न नसकिने बताए ।

अध्यक्षका उम्मेदवार महेश श्रेष्ठ र आरके शर्माले पनि चुनावी परिणाममा प्रश्न उठाउँदै छानविनकाे माग गरेका छन् । श्रेष्ठले भने,` याे निर्वाचन क्यान्सिल हुनुपर्छ । यसमा सिरियस इन्भेस्टिगेसन हुनुपर्छ ।´ त्यस्तै उनले अहिलेकाे एनआरएनएकाे समितिकाे नरहेकाे पनि घाेषणा गरे ।

उनीहरूले यसबारे साइबर ब्यूराेमा उजुरी गर्ने समेत बताएका छन् । अध्यक्षमा कमजाेर ठानिएका बद्री केसी विजयी भएकाे परिणाम आएकाे थियाे । श्रेष्ठ र शर्मा पक्षले अध्यक्षका अर्का उमेदवार बद्री केसी पक्षले मतदानमा धाँधली गरेकाे आराेप लगाउँदै छानविनकाे माग गरेकाे छ ।

हेर्नुस् केशव पाैडेललाई आएकाे शून्य मत 

गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्व चयन गर्न बुधबार राति १२ बजेदेखि अनलाइन मतदान सुरु भएको थियाे । संसारभर रहेका झन्डै ४ हजार २०० मतदाताहरुले मतदानमा भाग लिएका थिए । तर, सिस्टम ह्याक गरेकाे विषयले परिणाम विवादमा तानिएको छ ।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर