काठमाडौं, ३० असोज । झापामा ८ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय पुरुषलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–५ आमबाडी घर भएका फुलसिंह ताजपुरिया रहेका छन्।

उनीमाथि घर नजिकै खेलीरहेकी बालिकालाई धानबारीमा लगेर बलात्कार गरेको आरोप छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय शिवगञ्जले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको