• विश्वप्रकाश शर्मा

गणितीय जटिलता´ अनि पहिचानको आन्दोलन सम्बोधन गर्नुपर्ने आवश्यकता दृस्टिगत गरेर दुवै महामन्त्रीको प्रस्ताव थियो- `कोशिमा एमाले सहितको समाधान खोजौं, तर मौजुदा गठबन्धन कायमै राखेर´ । काँग्रेस, माओवादी र `एस´को गठबन्धन संसद विघटन विरुद्ध बनेर गत चुनावबाट अनुमोदित हो । काँग्रेसको संस्थागत निर्णय पनि यहि हो । पुस १० मा टुटेपछी विश्वासको मत नदिन र प्रतिपक्षमा बस्न दुवै महामन्त्री उभियौं । तर पार्टीको संस्थागत निर्णय मान्यौं । यो गठबन्धन छोडेर अर्को गठबन्धन उचित हुन्छ भन्ने लाग्छ भने संस्थागत छलफल गरौं । सँधै यो बोकिरहनुपर्छ, जरुरी छैन । तर संस्थागत निर्णय नगरी हामी कसैलेपनि आवेगमा कुनै निर्णय लिनुहुन्न

सल्लाहले `डिभोर्स´ गर्न मिल्छ, तर घरायसी ठाकठुकमा छिमेकतिर लहसिनु हुन्न । `पुस १०´ पनि नबिर्षौं । माओवादीको यक्ष प्रश्न- कोशिमा एमाले नेतृत्वको सरकार छोड्यौं, सभामुख छोड्यौं, काँग्रेसलाई दुइपटक `ब्ल्याङ चेक´ दियौं । तेस्रोपटकमा हामीले किन नपाउने ?

काँग्रेसको एउटा गुटपछि अर्कोले पालो पाउनुपर्ने तर हामीले नपाउनु पर्ने ? यो गठबन्धन दलहरुको कि गुटहरुको ? कोशी ढुक्कै काँग्रेसको भागमा,कर्णाली माओवादीको या मधेस पुरै जसपाको भन्ने कुनै सहमति भएको छैन । सबै प्रदेशमा आलोपालो हुने हो । परिपक्व ढंगले यो व्यवस्थापन गर्नुपर्छ ।

गठबन्धन कि गर्नुहुन्न,गरेपछि राम्रो-नराम्रो सबै ब्यहोर्नुपर्छ l एकल बहुमत नभएपछि सहकार्यको संस्कृति मान्नैपर्छ । सहकार्यको संस्कृति पालना गर्न हामीलाई निर्वाचनले नै निर्देश गरेको स्थिति हो । गणितनै त्यस्तो छ- एक्लै कुनै दलले संघ या प्रदेशमा नेतृत्व गर्न सक्दैन ।यस्तो बेला नेतृत्वले निरन्तर संवाद मार्फत संगठित संयम र एकीकृत परिपक्वता प्रस्तुत गर्न जरुरी छ ।

अनि जरुरी छ गम्भीर आत्मसमिक्षा ! व्यक्ति चयनमा संस्थागत प्रक्रिया न सभापतिले अपनाउनु भयो, न `फरक विचार समुहको नेता´ले आफ्नै समुहभित्र `साझा मत´ खोज्नुभयो । थोरै फरक, करिब उस्तै शैलिले पार्टीको हित हुन्न ।

जमाना बदलिएको छ, अब तपाईंहरु बदलिनुस् । हामी बदलिन तयार छौं । पार्टीको हित तपाईंहामी बदलिनुमा सन्निहित छ ।

(महामन्त्री विश्वप्रकाश शर्माकाे ट्विटबाट)

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको