काठमाडौं, २८ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले यसवर्ष १० वटा विमान खरिद गर्ने बताएका छन् ।

आइतबार नेविसंघले कालोबजारी नियन्त्रणका लागि बुझाएको ज्ञापनपत्र बुझ्दै उनले चालु आर्थिक वर्षमा १० वटा विमान खरिद गर्ने जानकारी दिएका हुन् ।नेपाल वायुसेवा निगमको विमान थपेर भाडादरमा देखिएको विसंगति हटाउन पनि विमान थप्नुपर्ने भएकाले खरिद गर्न लागेको उनको भनाइ छ । दशैँअघि नै विमान खरिद प्रक्रिया अगाडि बढाउने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको