काठमाडौं : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले काेशी प्रदेशमा कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउन सुझाव दिएका छन् । लिङ्देनले आज फेसबुकमा स्टाटस लेख्दै यस्ताे सुझाव दिएका हुन् ।

`कोशी प्रदेशमा सरकार बनाउन कांग्रेस, एमाले, माओवादी मिलेको राम्रो हुन्छ भन्ने हाम्रो निरन्तरको सुझाव थियो।
अन्ततः घुमिफिरी त्यही बाटोबाट सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षको सहकार्यमा मुख्यमन्त्रीको नियुक्ति भएको छ,´ उनले लेखेका छन्,`अब यसरीनै अहिलेको व्यवस्था र अवस्थाका पक्षधरहरू एकातर्फ र विपक्षकाहरू अर्को तर्फ हुने ध्रुवीकरणलाई तीव्र पारौं ! हामी विपक्षमा ।´

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर