काठमाडौ : स्वास्थ र सुन्दरतालाई प्राथमिकतामा राखी आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सामग्रीहरु बिक्री गर्दै आएको ग्लोबल ओरियन्स नेपालको तेस्रो वार्षिक उत्सव तथा सम्मान कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ ।
शुक्रबार काठमाडौंमा नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको प्रमुख आतित्थतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष लालप्रसाद साँवा लिम्बु, पुर्व वाणिज्य मन्त्री तथा सुचना, सञ्चार तथा पब्लिकेसन विभाग, नेपाली कांग्रेसका प्रमुख मिन बहादुर विश्वकर्मा, नेपाल चेम्वर अफ कमर्शका बरिष्ठ उपाध्यक्ष कमलेस कुमार अग्रवाल विशेष अतिथि रहेका थिए । भने अतिथिको नेपाल हब्र्स एण्ड हर्बल उत्पादक संघका अध्यक्ष प्रेम तिवारी, अन्तराष्ट्रिय जिवन प्रशिक्षक नर बहादुर कार्की, कम्पनीका निर्देशकहरु ज्ञानु लामिछाने गिरी, सुमित गौतम, स्मिता थपलिया रहेका थिए ।
सरोज घिमिरेले सञ्चालन गरेको कार्यक्रममा कम्पनीकी निर्देशक ज्ञानु लामिछाने गिरीले स्वागत मन्तव्य राखेकी थिईन् । उनले स्वागत मन्तव्यको क्रममा उनले प्रत्यक्ष बिक्री व्यवसायको बजार विश्वमा सफलतापूर्वक बढ्दै गएको उल्लेख गर्दै कम्पनीले कानूनसम्मत रुपमा २०७७ सालबाट आफूहरुले यो कामलाई खगाडी बढाएको उल्लेख गरिन उनले कानूनसम्मत संरक्षण गर्दै अगाडी बढाउन सकेमा वेरोजगारी बनेका दिनहुँ हजारौंको संख्यामा वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी हुनेमा विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले आयात प्रतिस्थापन गर्ने र स्वदेशी वस्तुको खपतमा जोड दिने उदेश्यल आम युवाहरुमा उद्यमशीलताको विकास गरी वितरकको माध्ययमबाट स्वरोजगार उत्पादन गर्नेगरी डाईरेक्ट सेलिङ्घ कम्पनीको रुपमा आफूलाई व्यवसाउमा अगाडी बढाउन सफल भएको भन्दै प्रशंसा गरेका थिए । उनले निर्यातलाई बढवा दिँदै आयातलाई प्रतिस्थापन गर्न सफल होस् भन्दै संस्थालाई शुभकामना समेत दिएका थिए । मन्त्री रिजालले नेपालीहरुको महान चाडहरु दशैं, तिहार तथा छठ पर्वको शुभकामनासमेत दिए ।

कार्यक्रमको समापन गर्दै ग्लोवल ओरियन्स नेपाल प्रालिका प्रबन्ध निर्देशक,प्रकाश श्रेष्ठले देशमा रोजगारको अवसर नपाएर युवाहरु विदेशिरहेको अवस्थामा डाईरेक्ट सेलिङ्ग कम्पनीहरुले विक्रि प्रबर्धनमा संलग्न भएर आम्दानी गर्ने कार्य सराहनीय रहेको बताए । उनले अबको युवाको सुरक्षित भविष्य पनि यसैमा रहेको बताउँदै अब सुन्ने मात्र होईन मनन पनि गर्नुपर्नेमा जोड दिए । उनले उपस्थित व्यक्तित्वहरुले दिएका सुझाव र सल्लाहलाई कम्पनीको मार्गनिर्देशनको रुपमा लिएर राम्रो अनुसाशित कम्पनी बनाउनु, गुणस्तरीय वस्तु र सेवा उपलब्ध गराउनु कम्पनीमा आवद्ध वितरकहरुको कर्तब्य भएको हुनाले यस कुरालाई आत्मसात गर्दै अगाडि बढ्न प्रतिवद्धतासमेत व्यक्त गरेका छ्न ।



