काठमाडौं : नेपाल औषधि उत्पादक संघको राजधानीमा सम्पन्न २९ औं वार्षिक साधारण सभाबाट संघको अध्यक्षमा महेश प्रसाद प्रधान निर्वाचित भएका छन् । उनले ३६ मत ल्याए । अर्का प्रतिस्पर्धी विप्लव अधिकारीलाई १९ मतले पराजित गर्दै प्रधान निर्वाचित भएका हुन् ।

यस्तै सदस्यहरुमा सुमित चन्द्र श्रेष्ठले सर्वाधिक ४७, निवर्तमान कोषाध्यक्ष प्रभात रुंगटाले ४६ मत, पंकजकुमार तिवारी ४५, पृथ्वीराज राजभण्डारी ४३ मत पाएका छन् । त्यस्तै सन्तोष बरालले ४१ मत, शैलेस वैद्य, सुदर्शन खगोली र सजनराज रेग्मीले समान ३९ मत पाएर निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको