काठमाडौं : इजरायलमा हमासकाे हमलाका कारण असुरक्षि रहेका २ सय ५३ जना नेपालीलाई लिएर नेपाल वायुसेवा निगमको जहाज उडेको छ। इजरायलस्थित तेल अभिभ विमानस्थलबाट उडेको जहाज आजै राति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।
परराष्ट्र मन्त्री एनपी साउद नेपाली विद्यार्थी लिन आफै इजरायल पुगेका थिए। मन्त्री साउदको सचिवालयले दिएको जानकारीअनुसार दुई सय ५३ जना नेपाली नागरिकलाई लिएर नेपाल वायु सेवा निगमको जहाज नेपालका लागि उडेको छ।



