काठमाडौं, २५ असोज । बिहीबार काठमाडौँको बौद्धमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाउँदा एक जना घाइते भएका छन् ।

लुटेरा समूहलाई नियन्त्रणमा लिन गोकर्णेश्वर नगरपालिका ९ जगडोलमा प्रहरीले गोली चलाएको हो । सिन्धुली घर भएका अमर घलान घाइते भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

लुटेरा समूह आएको खबर पाएपछि प्रहरी त्यहाँ पुगेको थियो । सो समूहले हतियार झिकेपछि आत्मरक्षाका लागि भन्दै प्रहरी टोलीले गोली चलाएको थियो । अरु तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको