काठमाडौ, २३ असोज । सानिमा इक्विटी फन्डले आफ्ना इकाइधनीलाई नगद लाभांश वितरण गर्न सुरु गरेको छ ।

फन्डले इकाइधनीलाई सोमबार असोज २२ गतेबाट बैंक खातामा नगद लाभांश पठाउन थालेको हो । यता, फन्डको योजना व्यवस्थापक सानिमा क्यापिटलले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइ धनीहरुलाई खाता अद्यावधिक गराउन भनेको छ ।

यसका लागि इकाइ धनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नु पर्नेछ । यसैगरी, हालसम्म हितग्राही खाता नखोलेकाले भने खाता खोलेर इकाई डिम्याट गर्नु पर्नेछ । खाता अद्यावधिक गरेपछि मात्र लाभांश जम्मा हुने एनआइएमबी एस क्यापिटलले जनाएको छ । आर्थिक वर्ष २०७९-८० को नाफाबाट फन्डले १८५ नगद लाभांश ९कर सहित० वितरण गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको