काठमाडौं, २३ असोज । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ ।

सत्तारुढ कांग्रेसको संसदीय दलको बैठक नयाँ बानेश्वर संघीय संसद भवनमा बस्नेछ । आज बस्ने बैठकमा विद्युत् सम्बन्धी विधेयक, शिक्षा बिद्येयक मुलुकको समसामयिक राजनीतिक अवस्था तथा इजरायलमा भएको आक्रमण र त्यसबाट इजरायलमा रहेका नेपाली नागरिकले झेल्नु परेको समस्याका बारेमा छलफल हुनेछ ।

आजको छलफल पछि सो विधेयकका बारेमा पार्टीले आफनो धारणा र दृष्टीकोण प्रस्तुत गर्ने तथा आवाश्यकता अनुसार संशोधन प्रस्ताव राख्ने कांग्रेसको तयारी छ।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको