काठमाडौँ, २२ असोज । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार एक दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा सोमबार बसेको विशेष बैठकले भोलि राष्ट्रिय शोक विदा दिने निर्णय गरेको हो । यस्तै इजरायलको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख राहत दिने निर्णय समेत गरेको छ । त्यस्तै बैठकले त्यहा रहेका फर्कन चाहने नेपालीहरुलाई यथाशीघ्र ल्याउने निर्णय गरेको छ ।
नेपालबाट जाने जहाजका लागि स्वीकृति प्राप्त हुनासाथ घटनामा मारिएका नेपाली विद्यार्थी र असुरक्षित महसुस गरेका नेपालीहरूलाई ल्याउन काठमाडौँबाट जहाज इजरायलतर्फ उड्ने समेत बताइएको छ।
सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययनका लागि इजरायल पुगेका विद्यार्थीमध्ये १० जनाको निधन भएको छ । ४९ विद्यार्थीमध्ये केही निरन्तर सम्पर्कमा आउन थालेका छन् । राजदूतावासका अनुसार ४ जना घाइते छन् भने एक जना सम्पर्कविहीन छन् ।
यसअघि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि त्यहाँ रहेका विद्यार्थी विपिन सुवेदीसँग भिडियो वार्ता गरेका थिए। नेपालबाट जाने जहाजका लागि स्वीकृति प्राप्त हुनासाथ घटनामा मारिएका नेपाली विद्यार्थी र असुरक्षित महसुस गरेका नेपालीहरूलाई ल्याउन काठमाडौँबाट जहाज इजरायलतर्फ उड्ने समेत बताइएको छ।



