काठमाडौँ, २२ असोज । सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा मृत्यु भएका नेपालीका परिवारलाई राहत दिने भएको छ।
हमासको आक्रमणबाट इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो।
मुख्यमन्त्री कमलबहादुर शाहले आक्रमणमा परेर निधन भएका प्रति परिवारलाई २ लाख रुपैँया राहत सहयोग गरिने बताए। सोमबार विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री शाहले घटनाप्रति दुस्ख व्यक्त गर्दै मृतकका परिवारलाई राहत उपलब्ध गराउने घोषणा गरेका हुन्। मुख्यमन्त्री शाहले खोजी र उद्धार तथा शव स्वदेश ल्याउन केन्द्र सरकारको ध्यानाकर्षण पनि गराएका छन्।
हमासको आक्रमणमा परेर ७ जना सुदूरपश्चिमका विद्यार्थीको निधन भएको छ। केही विद्यार्थी अझै सम्पर्कविहीन छन्। केही घाइते अवस्थामा छन्।



