एजेन्सी, २१ असोज । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा गए राति ब्रेन्टफर्डलाई अविश्वसनीय रुपमा २–१ ले हराएको छ।
पहिलो हाफमा १ गोल खाएको युनाइटेडले इन्जुरी समयमा २ गोल गर्दै पुनरागमन जित निकालेको हो। युनाइटेडको घरेलु मैदानमा २६ औं मिनेट येन्सनले गोल गर्दै ब्रेन्टफर्डलाई अग्रता दिलाएका थिए। यसपछि निर्धारित ९० मिनेटमा गोल गर्न नसकेको युनाइटेड हारको नजिक पुगिसकेको थियो।
तर ८७ औं मिनेटमा मैदान छिरेका मकटोमिनेले इन्ज्युरी समयको तेस्रो र सातौं मिनेटमा गोल गर्दै युनाइटेडलाई अविश्वसनीय जित दिलाए। जितपछि युनाइटेड ८ खेलबाट १२ अंक सहित लिगको नवौं स्थानमा उक्लेको छ।




