काठमाडौं- काठमाडौंका स्थानीय तहहरुमध्ये स्वास्थ्य सूचकाङ्कको आधारमा भएको मूल्यांकनमा गोकर्णेश्वर नगरपालिकाले प्रथम स्थान हासिल गरेको छ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य कार्यालय काठमाडौंले आर्थिक वर्ष २०७९/८० को वार्षिक समिक्षा गोष्ठीको अवसरमा गरेको मूल्यांकनमा गोकर्णेश्वर नगरपालिका प्रथम भएको स्वास्थ्य कार्यालय प्रमुख सागर घिमिरेले जानकारी दिए ।

उनका अनुसार काठमाडौं महानगरसहित काठमाडौंका सबै स्थानीय तहको मूल्यांकन भएको थियो। ‘सबै स्वास्थ्य संस्थाहरुले राख्ने हेल्थ म्यानज्मेन्ट इन्फरमेसन सिस्टमका आधारमा उक्त मुल्यांकन गरिएको थियो,’ घिमिरेले भने ।

गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसालले स्वास्थ्य कार्यालयको मूल्यांकनबाट प्रथम स्थान हासिल गरेसँगै थप काम गर्ने हौसला मिलेको प्रतिक्रिया दिए। उनले स्वास्थ्यका क्षेत्रमा काम गर्न साथ दिने सबैलाई धन्यवाद दिँदै भने ‘स्वास्थ्यका क्षेत्रमा थप काम गर्ने छु। नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निरन्तर लागिरहनेछु।’

यसैगरी, स्वास्थ्य कार्यालयको मूल्यांकनमा दक्षिणकाली नगरपालिकाले दोस्रो स्थान र कीर्तिपुर नगरपालिकाले तेस्रो स्थानमा छन् । यसअघि पनि स्वास्थक्षेत्रमा उत्कृष्ट काम गरेकाे भन्दै मेयर रिसाल प्रधानमन्त्री पुष्पकमल दाहालबाट सम्मानित भएका थिए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको