काठमाडौ, १८ असोज । सन् २०२५ का लागि अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डीभी) बुधबार रातीबाट खुलेको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली सयम अनुसार बुधबार राती ९ बजेर ४५ मिनेटपछि आवेदन खुला भएको जानकारी दिएको हो ।

यो कात्तिक २१ गते नेपाली समय अनुसार १०ः४५ बजे बन्द हुनेछ । अमेरिकाले हरेक वर्ष डीभी भरेकाहरुलाई चिठ्ठामार्फत अमेरिका लैजाने गरेको छ । डीभी परेर अमेरिका जानेहरुले उतैको ग्रीनकार्ड पाउने गर्छन् ।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर