गायिका जुनु गौतमको नयाँ रोमान्टिक गीत ‘तल तल’ सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक गीतमा जुनुलाई अर्का गायक तथा संगीतकार ध्रुव विस्कोले स्वरांकनमा साथ दिएका छन् । गीतमा शब्द तथा संगीत दुबै ध्रुवको नै छ । एरेञ्जको काम महाराज थापाले गरेका छन् ।

सार्वजनिक गीतको भिडियोमा अभिनेता तथा मोडल विनोद न्यौपाने र दनको अपोजिटमा मोडल अनिषा न्यौपाने फिचर्ड छन् । न्यौपानेद्वयलाई निर्देशक प्रसन्न पौडेलले रोमान्टिक अबतारमा प्रस्तुत गरेका छन् । गीतका शब्दलाई न्याय गर्दै गायक गायिकाले उत्तिकै मिठासपूर्ण स्वर भरेका छन् ।

भिडियोमा कोरियोग्राफी प्रमोद के भण्डारीको छ भने सम्पादन तारा थापा ‘किम्भे’को रहँदा छायांकन निशान पौडेलले गरेका छन् । गीतका शब्द सुहाउँदो लोकेशनमा दृश्य कैद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको