बेल्जियम।  गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को  महासचिवका प्रत्यासी बुद्धिसागर सुवेदीले वंशजको नेपाली नागरिकताको निरन्तरताका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन । एनआरएनए  राष्ट्रिय समन्वय परिषद् (एनसीसी) बेल्जियमकाे स्वागत तथा भेटघाट कार्यक्रममा सुवेदीले आफूले काम गर्ने अवसर पाउँदा गैर आवासीय नेपालको वंशजकै नागरिकताको निरन्तरताका लागि आफूले नेपाल सरकार र सरोकारवाला निकायसँग समन्वयको काम गर्ने बताएका छन ।

कार्यक्रममा महासचिवका प्रत्यासी सुवेदीले आफूले अधिकार सम्पन्न र स्वायत्त एनसीसीहरू निर्माण गर्न चाहेको बताए । उनले सुरक्षित वैदेशिक रोजगारी र सामाजिक सुरक्षा कोषको पूर्ण कार्यान्वयन आफ्नो प्रमुख एजेण्डा रहने बताए ।

सुवेदीले एनआरएन ज्ञान, सीप, लगानी, भाषा र संस्कृतिको प्रवर्द्धन गर्दै युवा, महिला र दोस्रो पुस्तालाई अघि बढाउन विशेष अभियान चलाउने बताए । उनले एकतावद्ध, सुदृढ र चलायमान सचिवालय बनाएर सबैसँग समन्व्य गर्ने प्रतवद्धता समेत गरे । आफ्नो उम्मेदवारीको बारेमा जानकारी गराउँदै एनआरएन रहेका नेपालीसँगको सुझाव समेत संकलन गरेका छन् ।

सुवेदी अहिले चुनावी अभियानकै क्रममा विभिन्न देश पुगिरहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको