काठमाडौं : नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि फिर्ता लिन २४ घण्टे अल्टिमेटम दिएकाे छ ।
आइतबार नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै मुल्यवृद्दि फिर्ता नलिए कडा प्रतिवादमा उत्रने चेतावनी दिएकाे हाे ।
आम नागरिककाे चुल्हाे नबल्ने गरि गरिएकाे अस्वभाविक मुल्यवृद्दि आफुहरूलाई मान्य नहुने भन्दै नेविसंघले पेट्रोलियम पदार्थमा लगाइएका विभिन्न कर हटाएर भएपनि जनतालाई राहत दिन माग गरिएकाे छ ।




