काठमाडौं, ११ असोज । चीनमा जारी एसियाली खेलकुदमा आज (बिहीबार) नेपाली महिला फुटबल टिमले बंगलादेशसँग भिडन्त गर्दैछ। समूह ‘डी’मा नेपाल र बंगलादेश दुवैले आ-आफ्नो सुरुवाती दुई खेल गुमाइसकेकाले यो खेल प्रतिष्ठाका लागि हुनेछ।

समूह चरणका अघिल्ला खेलमा नेपाल भियतनामसँग २–० र जापानसँग ८–० ले पराजित भएको थियो। बंगलादेश पनि जापानसँग ८–० हार र भियतनामसँगको ६–१ ले हारेको थियो। समूह चरणबाट बाहिरिसकेका दुवै टिम सान्त्वना जित निकाल्ने दाउमा छन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको