काठमाडौ, ११ असोज । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८६ पैसा र बिक्री दर १३३ रुपैयाँ ४६ पैसा रहेको छ भने युरो एकको खरिद दर १४० रुपैयाँ २२ पैसा र बिक्री दर १४० रुपैयाँ ८५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ६३ पैसा र बिक्री दर १६२ रुपैयाँ ०५ पैसामा कारोबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८४.६१ रुपैयाँ र बिक्री दर ८४.९९ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९८ रुपैयाँ २६ पैसा, बिक्रीदर ९८ रुपैयाँ ६० पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९० पैसा र बिक्रीदर ८ रुपैयाँ ९४ पैसामा कारोबार हुदाँ दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ८३ पैसा र बिक्री दर ९ रूपैयाँ ८७ पैसा कायम गरिएको छ ।

उता, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४२ रुपैयाँ र बिक्री दर ३५.५८ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.२२ रुपैयाँ र बिक्री दर २८.३५ रुपैयाँ कायम गरिएको छ । साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.६६ पैसा र विक्रीदर ४३१.६० पैसामा कारोबार हुनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर