काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानकाे सीमाभित्रै रहेर शिक्षकका मागहरु सम्बाेधन गर्नुपर्ने बताएका छन् ।

काठमाडौंकाे शंकरापुरस्थित वनदेवी आधारभूत विद्यालयमा समाजसेवी स्व.राकेश हमालकाे सालिक अनावरण एवं कम्युटर ल्याब हस्तान्तरण कार्यक्रममा बाेल्दै नेता काेइरालाले शिक्षकलाई निराश बनाएर विद्यार्थीकाे भविष्य उज्ज्वल बनाउन नसकिने बताए ।

“आधारभूत तहमा शिक्षले ६ देखि १८ हजारकाे बीचमा तलब पाउँदा रहेछन् । यति सुविधामा शिक्षकले कस्तो पढाउला ? विद्यार्थी कस्ताे बन्ला ?” , उनले प्रश्न गरे । शिक्षकका मागहरु संविधानकै सीमाभित्र रहेर पूरा गर्नुपर्ने उनलेे बताए ।

मुलुकमा हरेक क्षेत्र अराजकतातर्फ धकेलिएको भन्दै उनले नेपाली समाजमा सद्भाव बिथाेल्ने प्रयास भैरहेको बताए । “काेशी प्रदेश, धरान र सर्लाहीको केही घटनाले हामीलाई गम्भीर बनाएको छ । कतै नेपाली समाजमा जातीय र धार्मिक द्वन्द्व सिर्जना हुदैछ कि भन्ने चिन्ता बढेको छ”, काेइरालाले भने ।

 

कार्यक्रममा महिला,बालबालिका तथा समाजकल्याण मन्त्री सुरेन्द्र आचार्यले हरेक बालबालिकालाई गुणस्तरीय शिक्षा र डिजिटल सचेतना उपलब्ध गराउन सरकारले काम गरिरहेकाे बताए । कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रतिमा गाैतमले काठमाडौंमै भएर पनि विकासकाे दृष्टिले पछि परेका क्षेत्रहरुमा सबैले चासो दिनुपर्ने बताइन् । उनले शंकरापुर क्षेत्रका विद्यालयहरुलाई सुदृढ र गुणस्तरीय बनाउन आफूले पहल गर्ने बताइन् ।

साे क्रममा समाजसेवी स्व. राकेश हमालकाे शालिक अनावरण गरिएको थियाे भने सफा सुनाैलाे नेपालद्वार निर्माण गरिएको कम्प्युटर ल्याब विद्यालयलाई हस्तान्तरण गरिएको थियाे ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर