काठमाडौं, १० असोज । संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले पदबाट राजीनामा दिएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै उनले पदबाट राजीनामा पत्र बुझाएका हुन् ।

आफू प्रतिनिधिसभाको सदस्य रहेको र प्रतिनिधिसभाको गतिविधिमा संलग्न हुनुपर्ने भएका कारणले सभापतिबाट राजीनामा दिएको उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको