काठमाडौं : नेपाल विद्यार्थी संघले पछिल्लाे समय श्रृङखलावद्द रूपमा स्वास्थ्यकर्मीहरूमाथि भइरहेकाे आक्रमणकाे भर्त्सना गरेकाे छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीमाथिकाे आक्रमणकाे विज्ञप्ति निकालेर भर्त्सना गरेका हुन् ।
`विद्यमान परिस्थितिमा राज्यका निकायमा नगई कानुन हातमा लिएर चिकित्सक तथा स्वास्थ्यकर्मी माथि भइरहेको भौतिक हमलालाई ने.वि.संघ घोर भत्सर्ना गर्दछ ´, नेविसंघकाे विज्ञप्तिमा भनिएकाे छ, `नेपाल सरकार र गृहमन्त्रालयको आँखा अगाडि भइरहेका यस्ता घटनाहरू निन्दनीय छन् । नेपाल सरकार र गृहमन्त्रालयले यस्ता घटनाको सत्यतथ्य छानबिन गरि स्वास्थ्यकर्मी माथि हातपात गर्ने समुहलाई तुरुन्त कानुनी दायरामा ल्याइ कानुनबमोजिम कारबाही गरि देशमा कानुनी राज्यको प्रत्याभूति गराउन ने.वि.संघ जोडदार माग गर्दछ ।´
विज्ञप्तिमा के छ ?
मिति : २०८०/०६/०९
विज्ञप्ति
विगत केही साताहरूमा देशभरीको विभिन्न स्वास्थ्य संस्थाहरूमा पटक पटक स्वास्थ्यकर्मी माथि स्वास्थ्य सेवा प्रदान गरिरहेका क्रममै भइरहेको कुटपिट गालीगलौज जस्ता विभिन्न घटनाहरूले नेपाल विद्यार्थी संघ लाई स्तब्ध बनाएको छ ।
कानुनी राज्यमा राज्यको उपस्थितिमा राज्यले सही गलत ठहर गरि दोषीलाई कारवाही गर्ने व्यवस्था हुन्छ तर त्यसको ठिक उल्टो अहिले नेपालमा मौलाइ रहेको गुन्डागर्दी शैलीमा कानुन आफ्नो हातमा लिएर आफै न्यायलय बनी आफै हातपात गर्ने शैली जुन बढ्दो क्रममा छ यो विषयमा राज्य गम्भीर हुन जरुरी छ । स्वास्थ्य जस्तो संवेदनशिल विषय र अहोरात्र खटेर सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मीको जीवन असुरक्षित हुँदै गर्दा काम गर्ने वातावरण नरहने जसले गर्दा आमसर्वसाधारणको स्वास्थ्य जस्तो संवेदनशिल विषयमा गम्भीर प्रभाव पर्ने कुराले ने.वि.संघ चिन्तित भएको छ ।
देशभरिका आवासीय चिकित्सक तथा समग्र स्वास्थ्यकर्मीले सुरु गरेको आन्दोलनमा स्वास्थ्यकर्मीहरूले सुरक्षित रुपमा कार्यस्थलमा सेवा प्रवाह गर्नु पाउ भन्ने माग प्रति ने.वि.संघ ऐक्यवद्धता प्रकट गर्दछ । तथापि बिरामी र बिरामी पक्षले उपचार गर्दा कुनैक्रम हेलचेक्र्याइँ भएको आभास गरेमा राज्यले उचित छानबिन गर्ने कारवाही गर्न निमित्त राज्यका निकाय नेपाल मेडिकल काउन्सिल, गृहप्रशासन तथा न्यायलयमा आमसर्वसाधारणको पहुँच आवश्यक छ । तर विद्यमान परिस्थितिमा राज्यका निकायमा नगई कानुन हातमा लिएर चिकित्सक तथा स्वास्थ्यकर्मी माथि भइरहेको भौतिक हमलालाई ने.वि.संघ घोर भत्सर्ना गर्दछ ।
नेपाल सरकार र गृहमन्त्रालयको आँखा अगाडि भइरहेका यस्ता घटनाहरू निन्दनीय छन् । नेपाल सरकार र गृहमन्त्रालयले यस्ता घटनाको सत्यतथ्य छानबिन गरि स्वास्थ्यकर्मी माथि हातपात गर्ने समुहलाई तुरुन्त कानुनी दायरामा ल्याइ कानुनबमोजिम कारबाही गरि देशमा कानुनी राज्यको प्रत्याभूति गराउन ने.वि.संघ जोडदार माग गर्दछ ।
जय नेपाल !
बोधार्थ :
१. नेपाल सरकार गृह मन्त्रालय
२. नेपाल सरकार स्वास्थय तथा जनसङ्ख्या मन्त्रालय




