एजेन्सी, ९ असोज । भारतले एकदिवसीय विश्वकप क्रिकेट खेल्न आफ्नो देश आउन लागेको पाकिस्तानी टिमलाई अन्ततः भिसा दिएको छ।

पाकिस्तानी क्रिकेट बोर्डले (पीसीबी)ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० उजुरी गरेपछि मात्र पाकिस्तानी खेलाडीलाई भारतले भिसा दिएको हो। भारत जाने कार्यतालिकाको ४८ घण्टाअघि भन्दा पनि कम समय बाँकी छँदा पाकिस्तानी टिमले सोमबार भिसा पाएको हो।

सोमबार बिहानसम्म भिसा नपाएपछि पीसीबीले आईसीसीलाई गुहारेको थियो। यसको केही घण्टापछि नै पाकिस्तानी टिमको भिसा स्वीकृत भएको हो। अर्को हप्तादेखि भारतमा हुने विश्वकपका लागि पाकिस्तानले शुक्रबार न्युजिल्यान्डसँग अभ्यास खेल खेल्दैछ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको