हाङ्जाउ (चीन), ८ असोज ।  १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलमा नेपालले आज जपानसित खेल्ने भएको छ । नेपाल र जापानबीचको खेल आज साँझ ५ स् १५ बजे हुने छ ।

महिला फुटबलमा नेपालले जापानसित पहिलो पटक खेल्न लागेको हो । यसअघि समूह चरणको चरणको पहिलो खेलमा शुक्रबार नेपालले भियतनामसित हार बेहोरेको थियो । नेपाल भियतनामसित २–० गोल अन्तरले पराजित भएको हो । नेपालले पहिलो हाफमा भियतनामलाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने दुई गोल खान पुगेको थियो। पानले भने पहिलो खेलमा बंगलादेशलाई ८–० गोलअन्तरले पराजित गरेको थियो ।

समूह डी मा रहेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ। उक्त समूहमा पान शीर्ष स्थानमा रहेको छ । यस्तै भियतनाम दोस्रो स्थानमा तथा बंगलादेश अंक तालिकाको पुछारमा रहेको छ। नेपालले समूह चरणको अन्तिम खेल यही असोज ११ गते बंगलादेशसित खेल्ने छ ।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको