काठमाडौं, ७ असोज। नेपाली बजारमा आज (आइतबार) सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक सयले बढेको छ।

शुक्रबार प्रतितोला एक लाख १२ हजार एक सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज एक लाख १२ हजार २ सय तोकिएको छ।

त्यसैगरी तेजावी सुनको मूल्य एक लाख ११ हजार ६५० कायम गरिएको छ। अघिल्लो कारोबार दिन तेजावी सुन प्रतितोला एक लाख ११ हजार ५५० रूपैयाँमा कारोबार भएको थियो।

उता चाँदीको मूल्य तोलामा ५ रूपैयाँले बढेर १४ सय ३० रूपैयाँ भएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर