काठमाडौं- स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले पदीय जिम्मेवारी बहन नगरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन दिनको म्याद दिएर ११ बुँदे स्पष्टीकरण सोधेको छ। मन्त्रालयले तीन दिन भित्र स्पष्टीकरण पेस गर्ने गरी मन्त्रीस्तरीय निर्णयबाट असोज ४ गते बसौलालाई स्पष्टीकरण सोधेको हो।

कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेर बसौलाले स्वास्थ्य बीमा ऐन २०७४ को दफा २४ ले निर्दिष्ट गरेका काम, कर्तव्य र अधिकारहरु जिम्मेवारीका साथ सम्पादन नगरेको आरोप मन्त्रालयको छ।

नेपाली नागरिकको गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार संरक्षण गर्न स्वास्थ्य बीमाद्वारा पूर्व भुक्तानीको माध्यमबाट बिमितको आर्थिक जोखिम न्यूनीकरण गरी जीवन रक्षा गर्नुपर्ने जस्तो अतिसंवेदनशील विषयमा गैरजिम्मेवारीपूर्वक प्रत्यक्ष रुपमा संलग्न भएको पाइएकोले तपाईंलाई स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २५ को उपदफा (२) बमोजिम पदबाट किन नहटाउने? भन्दै मन्त्रालयले नहटाउनु पर्ने कुनै कारण भए सोही ऐनको दफा २५ को उपदफा (३) बमोजिम तीन दिन भित्र सफाइ पेस गर्न डा बसौलालाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर