काठमाडौं, ७ असोज । चीनमा जारी १९औं एसियाली खेलकुदमा टेबल टेनिस टिम इभेन्टतर्फ नेपाल समूह चरणबाटै बाहिरिएको छ।
नेपालको पुरुष र महिला टेबल टेनिस टोली टिम इभेन्टमा समूह चरणबाटै बाहिरिएको हो।
शनिबार गोङ्गशु क्यानल जिमेन्जियममा भएको समूह चरणको खेलमा समूह एफमा रहेको महिला टोली भारतसित ३–० ले पराजित भएको थियो।
महिलातर्फ नेपालकी सिक्क सुवाल भारतीय खेलाडी दिया पराग चितालेसित ११–१, ११–६ तथा ११–८ अंकले पराजित भइन्। यस्तै नविता श्रेष्ठ भारतकी यहिका मुखर्जीसित ११–३, ११–७ तथा ११–२ अंकले पराजित भइन्। यस्तै इभान थापा मगर भारतीय खेलाडी सुतिर्था मुखर्जीसित ११–१, ११–५ तथा ११–२ अंकले पराजित भइन्।
यसैगरी नेपालको पुरुष टोली पनि उत्तर कोरियासित ३–० ले पराजित भएको छ।
पुरुषतर्फ समूह बी मा रहेको नेपालका संयोग कपाली ११–७, ११–४ तथा ११–५ अकले पराजित भए। अर्को खेलमा नेपालका रुविन महर्जन ११–२, ११–६ तथा ११–२ अंकले पराजित भए भने विलोश श्रेष्ठ ११–८, ११–२ तथा ११–३ अंकले पराजित भए।




