काठमाडौं, ६ असोज । क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि अल नासरले साउदी प्रो लिग सानदार जित हात पारेको छ।
शुक्रबार राति गोलको वर्षा भएको खेलमा अल नासरले अल अहिल साउदीलाई ४-३ गोल अन्तरले पराजित गर्यो। नासरको जिनमा कप्तान रोनाल्डोसँगै टलिस्काले समान २/२ गोल गरेका थिए।
अल नासरले लिगमा यो लगातार पाँचौ जित हो। यो जितसँगै अल नासर ७ खेलबाट १५ अंक सहित लिगमा पाँचौं स्थानमा उक्लिएको छ। एजेन्सी




