काठमाडौं : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला थपलियाले पार्टीका भातृ र शुभेच्छुक संस्थाका अध्यक्षहरुलाई आमन्त्रित सदस्यका रुपमा केन्द्रीय समिति बैठकमा सहभागि गराउन ध्यानाकर्षण गराएकी छन् । कांग्रेस केन्द्रीय समितिको जारी बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । बैठकमा भातृ र शुभेच्छुक संस्थाको विषय उठिरहेका छन् । त्यसतर्फ संकेत गर्दै नेविसंघकी पूर्वमहामन्त्री समेत रहेकी थपलियाले भातृ एवं शुभेच्छुक संस्थाका अध्यक्षहरुलाई केन्द्रीय समितिको जिज्ञासा र उनीहरको धारणा सुन्ने व्यवस्था गर्न सुझाव दिइन् ।
त्यस्तै,उनले फरक प्रसंगमा पार्टी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिकोबीचमा खाडल बढिरहेको पनि बताइन् । पार्टी सुदृढिकरण अभियानका लागि पर्वतमा रहँदाको अनुभव सुनाउँदै थपलियाले जनप्रतिनिधि र कांग्रेसबिच संवाद र सहकार्य जरुरी छ बढाउने कार्यक्रम तय गर्नुपर्नेमा जोड दिइन् । त्यस्तै उनले युवाहरु विदेशीने क्रम बढेकोमा चिन्ता व्यक्त गरिन् ।



