काठमाडौं, ३ असोज । १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष भलिबलमा इरानसँग ३-० को सोझो सेटमा पराजित हुँदै नेपाल प्रतियोगिताबाटै बाहिरिएको छ। आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल इरानसँग २५–९, २५–१४ र २५–१३ ले पराजित भएको हो ।

मंगलबार भएको पहिलो खेलमा बहराइनसँग ३–१ ले पराजित भएको थियो । प्रतियोगितामा पदक जित्ने संभावना सकिए पनि नेपाली पुरुष भलिबल टिमले अब वरीयताका लागि भने खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको