काठमाडौं, ३१ भदौ । ओम्नियुज मोबाइल एप नेपालमा पनि सुरु भएको छ । विभिन्न प्रकारका संस्था, कन्सल्टेन्सीलगायतका कार्यालयहरूलाई आफ्ना ग्राहक तथा सेवाग्राहीका डेटा संकलन, प्रशोधन गर्न सजिलो हुने गरी बनाइएको ओम्नियुज एप्लिकेसन नेपालमा पनि सुरु भएको हो।

विश्वभरका डिजिटल ग्राहक र संस्थाहरूबीच समन्वय गर्ने उद्देश्यले तयार पारिएको एप्लिकेसन सञ्चालनमा आएको हो । ओम्नियुज एप्लिकेसन अमेरिकी कम्पनी डिजिटल फर्मुलेसन एलएलसीले बनाएको हो । जसमा गुगल र माइक्रोसफ्ट भन्दा बढी फिचर रहेको दाबी गरिएको छ ।

प्रयोगकर्ताको लागि अनुकूल यो एपमा कतिपय सुविधा निःशुल्क रूपमा उपलब्ध छन् । ओम्नियुज वेब एप, मोबाइल एप र कनेक्ट एपीआई गरी तीन किसिमले प्रयोग गर्न सकिन्छ ।

ओम्नियुज वेब एप्लिकेशनले विभिन्न संघसंस्थाहरुको फर्म बनाउन, प्रकाशित गर्न र पेश गरेको फर्मलाई म्यानेज गर्छ। ओम्नियुज मोबाइल प्रयोगकर्ताहरुले आफूलाई चाहिएको विवरणहरु हेर्न, खोज्न र अप्लाई गर्न सक्नेछन्। कनेक्ट एपले मोबाइल र वेब एप्लिकेशनलाई जोड्छ। साथै, प्रयोगकर्ताले सजिलैसँग सेवा किन्न र आफूलाइ नचाहिएको बेलामा बन्द गर्न पनि सहज छ।

स्वचालित प्रणाली भएकाले यो माध्यमले कुनै पनि व्यवसायीलाई व्यापार व्यवस्थित गर्न, नयाँ फर्म बनाउँदा लागत घटाउन र दक्षता बढाउन सहयोग गर्छ । एक क्लिक मै प्रकाशन गर्न सकिने र फर्म बनाउँदा छोटो समय लाग्ने भएकाले यसबाट समयको बचत समेत हुन्छ ।

फर्म फिल्ड ड्रयाग एण्ड ड्रप यसको मुख्य फिचरको रूपमा रहेको छ । जसले गर्दा प्राविधिक तथा अप्राविधिक सबैले सहजै फर्म बनाउन सक्छन् । साथै फर्म फिल्ड्स विभिन्न भाषामा उपलब्ध छ ।

प्रत्येक दिन विभिन्न डिजिटल आवेदन फाराम भर्नुपर्ने विद्यालय, कलेज, विश्वविद्यालय, इन्टर्नशिप, जागिर वा सरकारी कार्यालय तथा बैंक (खाता खोल्ने) निकायका लागि ओम्नियुज मोबाइल एप बनाइएको हो । यो एप्लिकेसनमा विश्वभर रहेका कुनै पनि डिजिटल आवेदन फारामहरू खोज्न, हेर्न र आवेदन दिन सकिन्छ ।

ओम्नियुजको मोबाइल एप आईओएस र एन्ड्रोइड दुवै किसिमका स्मार्टफोनका लागि निःशुल्क उपलब्ध छ । मोबाइल प्रयोगकर्ताले आफ्नो व्यक्तिगत सूचना र डकुमेन्टहरू यो एप्लिकेसनमा राख्न सक्छन् ।

अटोफिल यो एपको एउटा प्रमुख फिचर हो । जसले एक पटक पेस गरिसकेको फाराम स्वतः भरिदिन्छ । यसबाट प्रयागकर्ताले उही फाराम बारम्बार भरिरहनु पर्दैन । व्यापारसहित स्कुल, कलेज, विश्वविद्यालय, म्यानपावर, अस्पताल, कर्पोरेट संस्था, स्थानीय तथा सङ्घीय सरकार र एनजीओ तथा आईएनजीओ लगायतका सङ्घसंस्थाले यो ओम्नियुज वेब एप्लिकेसनको फाइदा उठाउन सक्ने छन् ।

डी-टेक अफिस सिस्टम प्राली नेपालका लागि ओम्नियुजको आधिकारिक वितरकको रूपमा रहेको छ । जसले कम्पनीसँग प्राविधिक सहकार्य समेत गरेको छ । डी-टेकले विगत १५ वर्षदेखि वेब, सफ्टवेयर तथा कर्पोरेट सेवा प्रदान गर्दै आएको छ । एप्लिकेसनको मार्केटिङ डिस्कभर सिटी प्रालिले गरेको छ ।

अप्रिल २०२३ मा सेवा सुरु गरेको ओम्नियुजका लागि गएको १५ जुनदेखि काठमाडौंका कन्सल्टेन्सीलाई लक्षित मार्केटिङ गरिएको थियो । त्यसपछि ओम्नियुज प्लेटफर्म विभिन्न, परामर्शदाताले फर्म बनाउन, प्रकाशित गर्न र व्यवस्थापन गर्न प्रयोगमा ल्याएका छन् ।

ओम्नियुज वेबमा रेगुलर र सब्स्कृप्सन गरी दुई संस्करणमा उपलब्ध छ । रेगुलर मोडेल विभिन्न सङ्घसंस्थाका लागि बनाएको हो, यसलाई आफ्नै सर्भरमा पनि राख्न सकिन्छ । रेगुलर मोडेलमा सुविधा अनुसारको मूल्य राखिएको छ ।

ओम्नियुज नेपाल डटकमको सर्भर र डेटाबेस नेपालमा छ, त्यसैले नेपालीको डेटा नेपालभित्रै रहने दाबी कम्पनीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको