काठमाडौँ, २७ भदौ । बरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइराला नेतृत्वमा बन्दै गरेको काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)का लागि गायिका आनी छोइङ डोल्माले १ करोड ८० लाख रुपैयाँ सहयोग गरेकी छन् ।

उनले आफ्नो नाममा स्थापित संस्था आनी छोइङ डोल्मा फाउन्डेशनको नामबाट सो रकम किओचलाई हस्तान्तरण गरेकी हुन् । सोमबार काठमाडौँमा आयोजित सहयोग रकम हस्तान्तरण कार्यक्रममा आनीले आफ्ना सांगितिक गुरु एवं कवि दुर्गालाल श्रेष्ठको हातबाट प्राडा कोइरालालाई चेक हस्तान्तरण गरिन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको