
अस्मिता थापा \ काठमाडौंको साँघुरो गल्ली,गल्ली भित्र सानो भट्टी पसल जुन प्राय झुत्रे पर्दाले छोपिएको हुन्छ। त्यही पर्दाभित्र कुनाको कुर्चीमा बसेकी चुटेको चप्पल र तलदेखि माथिसम्मको पुरानो पातलो पहिरनमा एक महिला अकस्मात देखा परिन्। आकाशलाई हत्केलाले छोप्न नसके जस्तै उनी पनि त्यो पर्दाभित्र पुर्ण रुपमा छुपेकी थिइनन् ।
एकदिन विहानीपख बाहिर हिड्दै गर्दा मेरा आखाँ उनै महिला सामु पुगे। छुपछुप लुकामारि खेलेजस्तो मैले हेर्दा उनले नदेख्ने, उनले हेर्दा मैले नदेख्ने भयो । त्यसपछि त्यो दिन त्यतिकै घर फर्किए । अर्को दिन फेरि उही समय उही ठाउँ उही भेषमा उनीलाइ देखे। त्यसपछि मलाई अझै धेरै कुरा जान्ने हुटहुटी जाग्यो । म पनि त्यही पर्दा उघारेर लुसुक्क भित्र पसेँ। पस्दा चसक्क एउटा कुराले दिमाग चस्कायो, अब मलाई पनि भट्टीमा देख्दा के सोच्छ होला यो सहर, यो समाज यो संस्कार ? संस्कार सिक्दै यहीँ समाजमा हुर्किदै गरेको यो मन थोरै बाहिर जान खोज्दा एक किसिमको अलार्मले मनमा छलाङ मार्छ। तर ती सबैलाई एकतिर थाती राख्दै एकछिन नियालेर हेरेँ । ति महिलाको एउटा हातमा चुरोट र अर्को हातमा रक्सीको बोतल थियो । चुरोटको धुवाँ आफ्नै रफ्तारमा उडेजस्तै मानौँ उनी पनि आफ्नै संसारमा उडिरहेकी थिइन् । एकछिन उनको मज्जामा मेरा आखाँ पनि मज्जा लिनबाट अछुत रहेनन्।
वाओ यस्तो पो लाइफ, सब चिन्ता पिर धुवाँको मुस्लोमा रुमलिदै बाहिर निस्किरहेछ। न यिनलाई मनभित्रको मनले के भन्ला भन्ने पिर छ, न यो समाजले के भन्ला भन्ने पिर । एकछिन म आफुसगैँ घोतल्लिरहेँ। एक किसिमले ती महिलालाई देखेर विर योद्धा लाग्यो, साहसी महिला लाग्यो। जस्ले पितृसत्तात्मक समाज र लैंगिक विभेद, महिला र पुरुषबिचको असमान व्यवहारको खाडललाई लात मार्दै सदियौदेखिको अन्यायको पर्खाल भत्काउँदै थिइन्। यसो लेखिरहँदा फेरि प्रश्न उठ्ला, के महिलाले पुरुष सरह चुरोट र रक्सी खादैमा समान हुन्छ ? त्यो कदापी हुदैन । तर भनिन्छ नि हजार माइलको यात्रा एक पाइलाबाट शुरु हुन्छ । हो त्यसैगरी यो पनि एउटा स्टेप थियो उनको ।
बिहान मर्निङ वाक जादा भर्खर सि दिएर ११ /१२ पढ्दै गरेका टिनएज का भाइ बहिनी हरुको हातमा चुरोटको धुवाँमा गफिदै गरेको देख्छौ। बर्थ दे सेलिब्रेसन होस् या ग्यादरिङ त्यहाँ त्यही बिगबिगी देख्छौ। के यो सब अभिभावक हरुलाई पाच्य छ ? यदि छैन भने खै निगरानी आफ्नो सन्तानप्रति ? त्यसैले यो मास यो जमात देख्दा हाम्रो हिन्दु सनातन धर्मका सन्तती कता लाग्दै छन् भन्ने कुराले सोच्न बाध्य बनाउछ। साबी दिदी जस्ता कयौको विषम वाध्यात्मक परिस्थितीको शुरुमा सामाना गर्ने सारथि बनेको नशा अन्तयमा साचिच्कै दशा बनेर परिवारका चिचिला बालबच्चाको उज्यालो भविष्य अन्धाकारमा रुमलिरहेको छ।
म फेरि मेरो मनसगँ मन्थन गर्दागर्दै उनितिर चिहाएँ। नजिकै भर्खरै कोपिलाबाट फक्रिएको फुल जस्तै छोरीलाई सगैँ राखेकी थिइन्। भन्छन् बच्चाको पहिलो पाठशाला परिवार हुन्छ। जब परिवारमा एउटा महिलाले परिवारमा बच्चालाइ जस्तो शिक्षा दिन्छिन् बच्चापछि गएर त्यही कुरा जीवनमा लागु गर्छ। त्यसैले मलाई अचम्म लाग्यो उनले छोरीलाइ किन रक्सीको रित्तो बोतल र चुरोटका ठुटाहरुको शिक्षा दिराखेकी छिन ? हुन त आजभोलि बाबा आमा वाइन हुस्कीको चुस्कीमा रमाउने छोराछोरी लाई गिलास रित्तिनासाथ, बाबुनानी अलिकति राखदिउँ त भन्ने गर्छन् । तिनीहरुको लागी यो आलेख हास्याँस्पद लाग्न सक्छ। तर गहन रुपले बुझ्नेलाइ औषधि जस्तै लाग्ला । तर त्यहाँ छोरीले पनि आमाले पढाए जसो गरी उनै आमालाई हेरिराखेकी थिइन। मलाई अल्ली धेरै जान्न मन लाग्यो उनीबारे र सोध्ने आँट गरेँ । दिदी तपाईंको नाम के हो ? उनि मुसुक्क मुस्कुराउँदै साबी भनिन् । मैले फेरि सोधे। किन यसरी नसामा बग्नु भएको ? उनले आफ्नो वृत्तान्त बताउन थालिन्।
म पनि त्यही पर्दा उघारेर लुसुक्कभित्र पसेँ। पस्दा चसक्क एउटा कुराले दिमाग चस्कायो, अब मलाई पनि भट्टीमा देख्दा के सोच्छ होला यो सहर ? यो समाज यो संस्कार ? संस्कार सिक्दै यहीँ समाजमा हुर्किदै गरेको यो मन थोरै बाहिर जान खोज्दा एक किसिमको अलरामले मनमा छलाङ मार्छ। तर ती सबैलाई एकतिर थाती राख्दै एकछिन निहालेर हेरे । ति महिलाको एउटा हातमा चुरोट र अर्को हातमा रक्सीको बोतल थियो । चुरोटको धुवाँ आफ्नै रफ्तारमा उडेजस्तै मानौ उनी पनि आफ्नै संसारमा उडिरहेकी थिइन् । एकछिन उनको मज्जामा मेरा आखाँ पनि मज्जा लिनबाट अछुत रहेनन्।
विस २०६० सालतिर काठमाडौंमा भागेर आएँ पढाइलेखाइ नभएकोले ज्यामी काम गर्न थालेँ । त्यही ठाउँमा काम गर्ने एउटा ज्यामी सगँ भेट भयो हाम्रो हिमचिम अल्लि बढी भयो अन्तत हामी विहे गर्यौं । शुरुशुरुमा उसको बानी राम्रै लाग्यो तर पछि उ यसरी फेरियो कि मौसम जसरी । दिनदिनै कामवाट फर्केर भट्टी धाउन थाल्यो । दिनभर कमाएको रातभरमा सक्न लाग्यो । त्यसैगरी दिन अनि महिना गर्दै वर्ष वित्यो तर उसको बानी सुद्रेन। अनि मलाई कौतुहलता जाग्यो आखिर त्यो के चिज रहेछ रु जसले मानिस मौसमी वायु जस्तै वहिरहेको छ । त्यो पनि आफ्नै रफ्तारमा दिनदहाडै । न परिवार को पिर न त भविष्यको। त्यसो भनिरहँदा साबी दिदीले कताकता मलाई पनि झलक्क समाजको प्रतिबिम्ब आयो । हो, यस्तै त छ आखिर कोही यस्तै लतमा रक्सीको बोत्तल रित्याउने रफ्तारमा लागेर आफ्नै जिन्दगी रित्याउँदै करोडपतिबाट रोडपति भएका छन् ।
कोही आफु सँगसगै आफ्नो सन्तानलाई नजानिँदो पाराले मदिराको बाटोमा तातेताते गर्दै डोर्याउँदै छन्। खल्तीमा चुरोट सकिनासाथ बच्चालाई जा पसल गएर चुरोट लिएर आइजा भनेर पढाउने, बोत्तल रक्सी रित्तिनासाथ रक्सी लिन पठाउने अभिभावक तमाम छन्, तर यसको दिर्घकालिन प्रभावबारे बुझ्ने कम छन्। त्यसैगरी काही कतै अभिभावकको पिछा गर्दै भट्टीसम्म पुगेका बालबच्चाहरुलाई विद्यालयकाे पढाईबाट बन्चित गराएर भट्टीलाइ पाठशाला बनाएर रक्सीका रित्ता बोतल र चुरोटका ठुटाहरुलाई पाठ्यसामग्री ठानेर मदिरा सेवनबारे शिक्षा दिइराखेका छन्।
कसैको सयौं थुङ्गा थुङ्गा मिलेर एउटा माला बनेको परिवार पनि विचलित बनेर फेरि माला बाट थुङ्गा मै परिणत भएको छ। फेरि उनले आफ्नो कथा सुनाउदै गइन। म अझै अरु सुनाउन दि भन्दै सुन्दै गए।
त्यसैले मलाइ त्यो अनौठो चिज नौलो अनुभव लिन आतुर भयो। एकदिन मनमा रहेको कौतुहलता मेटाउन दिनभर काम गरेर साँझपख भट्टी छिरे । शुरुमा २,४ चुस्की पिउदा टर्रो तितो वेस्वाद लाग्यो । केही पत्तै पाइन जब २र४ गिलास सक्यो तब दशैमा खेलेको चचहुइ पिङ जस्तै भान भयो। दिनभर काम गरेर लखतरान परेको जिउ पनि आकाशमा उडेको चङ्गा जस्तै फुरुङ्ग भयो। वर्षौ वर्ष देखिका दस्ख पिर मनमा खेलिरहन्थे ति पनि छिनभरमै हराए जस्तो भयो । त्यसैले मलाई यो तल छोड्न मन लागेन यो मेरो सबैभन्दा नजिक को मेरो भावना बुझ्ने साहारा बन्यो ।जस्ले दुख पिडा छिनभरमै हराइदिन्छ ।यसरी नै मेरो लत सुस्तरी सुस्तरी नसातिरै सर्यो।
साबी दिदीले आफनो सारा कहानी बताउँदै गर्दा मलाई अनेक कुराहरु मनमा उत्पन्न भए । सानैदेखि गाउँघरकै परिवेशमा हुर्के बडेको हुनाले धेरै कुराहरु देखे सुने । सानै छँदा सगैँकी बालसखा थिइन् । उनको घरमा , घरको पिढीमा बसेर हजुरआमा काचपातको विडी बनाएर खानुहुनथ्यो र हजुरबुबा हुक्का तान्नु हुन्थ्यो । उनको त्यो दैनिक काम थियो उनलाइ हजुरआमाले विडी भीत्र अगेनामा सल्काएर लिएर आउ भन्ने आदेश दिनुहुन्थयो र हजुरबुवाले हुक्का भरेर लिएर आउ भन्नुहुन्थ्यो । उनलाइ त्यो देखेर एकदिन दुवै स्वाद लिन मन लाग्यो र लिइन तर विस्तारै उनमा पछि गएर चुरोट को तल बसेको कुरा बताइन ।त्यसैगरी मेरी ३ वर्षे छोरीले हजुरबुबाले चुरोट खाएको देखे पश्चात, मामु हजुरबुबाले यसरी चुरोट खानुभयो भनेर एक्टीङ गरेर देखाउँदै सुनाउछिन्। भनेपछि यति सानो बच्चाको मानषपटलमा त्यो इमेज कति छिटै बस्दो रहेछ ।लाग्छ यो पनि त एउटा सिकाइ रहेछ खराब र सहीको। तर यो त अपवाद होला, सबैमा लागु नहोला।
त्यसैगरि यस्तै तलमा नराम्रो सगँ फसेको कयौ अप्रिय घटनाहरु आगनमा बिस्कुन छरिए जस्तै समाजमा राष्ट्रमा छरपष्ट भएका देखिन्छन्। त्यसैले हाम्रो गाउँ घर समाज जहाँ हजारौं साबी दिदी र हर्क दाइहरु छन् जुन अशिक्षा,गरिबी र अज्ञानताका कारण भावि पुस्ताहरुलाइ कलम समाउने हातहरुमा चुरोट र वियरका बोतल थमाउन बाध्य भैराखेका छन। ती मात्र होइनन् यहाँ शिक्षीत बुज्रुक परिवारका टिनएजका बालबालिकाहरुपनि दिउसैँ बरालिदै पब्लिक गाडिहरुमा बरालिँदै हिडिरहेको पाउँछौँ। बिहान मर्निङ वाक जादा भर्खर सि दिएर ११ /१२ पढ्दै गरेका टिनएज का भाइ बहिनी हरुको हातमा चुरोटको धुवाँमा गफिदै गरेको देख्छौ। बर्थ दे सेलिब्रेसन होस् या ग्यादरिङ त्यहाँ त्यही बिगबिगी देख्छौ। के यो सब अभिभावक हरुलाई पाच्य छ ? यदि छैन भने खै निगरानी आफ्नो सन्तानप्रति ? त्यसैले यो मास यो जमात देख्दा हाम्रो हिन्दु सनातन धर्मका सन्तती कता लाग्दै छन् भन्ने कुराले सोच्न बाध्य बनाउछ। साबी दिदी जस्ता कयौको विषम वाध्यात्मक परिस्थितीको शुरुमा सामना गर्ने सारथि बनेको नशा अन्त्यमा साचिच्कै दशा बनेर परिवारका चिचिला बालबच्चाको उज्यालो भविष्य अन्धकारमा रुमलिरहेको छ। कोही शिक्षित दाबी दिदी जस्ता हर्क दाईजस्ता शिक्षित धनाढ्य परिवारका बच्चाको भविष्य रिहाब सेन्टरका बन्द कोठामा बन्धक बनेको छ। यसप्रति राज्य परिवारको दायित्वबोध आखिर कहिले हुन्छ ?
कोही आफु सँगसगै आफ्नो सन्तानलाई नजानिँदो पाराले मदिराको बाटोमा तातेताते गर्दै डोराउदै छन । खल्तीमा चुरोट सकिन साथ बच्चालाई जा पसल गएर चुरोट लिएर आइजा भनेर पढाउने, बोत्तल रक्सी रित्तिनासाथ रक्सी लिन पठाउने अभिभावक तमाम छन्, तर यसको दिर्घकालिन प्रभावबारे बुझ्ने कम छन्। त्यसैगरी कहीँकतै अभिभावकको पिछा गर्दै भट्टीसम्म पुगेका बालबच्चाहरुलाई विद्यालयकाे पढाइबाट बन्चित गराएर भट्टीलाइ पाठशाला बनाएर रक्सीका रित्ता बोतल र चुरोटका ठुटाहरुलाई पाठ्यसामग्री ठानेर मदिरा सेवनबारे शिक्षा दिइराखेका छन्। यसले वर्तमान समयमा नशाको सुखभोग गरिरहेका उनिहरुलाई ति मासुम वालवालिकाको भविष्य कस्तो होला भन्ने थोरैपनि ज्ञान नभएकै हो कि ? आज रमाइलोमा रमाउदै सन्तान र परिवारको वेवास्ता गर्दै र विद्यालय धाउने उचित वातावरण नदिने हो भने भोलि तिनै सन्तानलाई सुधारकेन्द्र तिर धकेल्ने बाहेक अरु उपाए नआउला भन्न सकिँदैन।
त्यसैले हरेक आमा बाबुले आफ्नो सन्तानलाई यस्तो खराब तलको द्वारतिर प्रवेश नगराइ जिवन र जगतबारे सिकाउन जरुरी छ की ? त्यो सिक्ने सन्तानको अधिकार हो भने सिकाउने आमाबाबुको कर्तव्य हो । त्यसैले भट्टी धाउन छोडर माथि उल्लेखित साबी दिदी त समाजको एक पात्र मात्र हुन । यस्तै साबी दिदी र हर्क दाइ जस्ता तमाम अभिभावकहरु घरलाई पनि भट्टी नबनाएर बच्चालाई शैक्षिक संस्कारी वातावरण दिँदा उपयुक्त हुन्थ्यो की ? हामी सचेत नागरिकको साथसाथै जिम्मेवार अभिभावक बन्नु जरुरी छ। कसैलाइ बाध्यात्मक परिस्थितिमा सामाना गर्ने साधन र सेवा नबनोस मध्यपान धुम्रपान। आजको नशा भावी पुस्तामा हावी हुँदै भोली गएर दशा नबनोस् ।