काठमाडौ, २६ भदौ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
जसअनुसार अमेरिकी डलर एकको खरिदरद १३२ रुपैयाँ ५६ पैसा तथा बिक्रीदर १३३ रुपैयाँ १६ पैसा कायम गरिएको छ भने युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ २४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २२ पैसा तथा बिक्रीदर ८५ रुपैयाँ ६१ पैसामा कारोबार हुदाँ क्यानेडियन डलर ९७ रुपैयाँ ५३ पैसा र सिंगापुरे डलर ९७ रुपैयाँ ३८ रुपैयाँमा कारोबार हुनेछ ।
यसैगरी, खाडी मुलुकहरुमध्ये साउदीको रियाल १ को खरिददर ३५ रुपैयाँ ३४ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा र मलेसियन रिंगेट २८ रुपैयाँ ३६ पैसा तथा कुवेती दिनार ४२९ रुपैयाँ ५२ पैसामा कारोबार हुनेछ ।