मन्थली :नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक काेईरालाले चिनियाँ राजदुत छन् साेङले केहिदिन अगाडि दिएकाे अभिव्यक्ति कुटनैतिक मर्यादा विपरित भएकाे बताएका छन् । नेपाल प्रेस युनियन रामेछापले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा उनले चिनियाँ राजदुतकाे अभिव्यक्तिलाई सरकारले नाेटिसमा राख्नपर्ने बताए ।
काेईरालाले चीन र भारत दुवै मित्र भएकाले काठमाडौमा रहेर एकले अर्काकाे बारेमा टिप्पणी गर्नु कुटनैतिक मर्यादा विपरित हुने धारणा राखे । नेपाली कांग्रेसमा चरमगुटबन्दी भएकाका कारण समस्या भएकाे बताउँदै उनले कांग्रेसकाे गुटबन्दी राेक्न सक्ने सामथ्र्य आफुले मात्र राख्ने दाबी गरे। उनले गुटगत विभाजन राेक्न नसके कांग्रेस अझै ठूलाे समस्यामा पर्ने बताए।
उनले आफू वर्षात सकिए लगतै देश दाैडाहमा जाने भन्दै आम कार्यकर्ताले कांग्रेस कस्ताे भएकाे हेर्न चाहन्छन् भनेर बुझ्ने बताए। डा काेईरालाले राजनीतिक मुद्दालाई अदालतमा लैजानु गलत भएकाे भन्दै काेशी प्रदेशमा सबै दलहरू मिल्नुकाे विकल्प नभएकाे स्पष्ट पारे । उनले सरकारले कृषिमा वजेट नबढाएसम्म मुलुकमा समृद्धि नआउने बताए ।