काठमाडौं : नेपाली कांग्रेसले आयाेजना गरेकाे बिपी साहित्य महाेत्सवकाे आज दाेस्राे दिन । आज पनि विभिन्न सेसनहरू हुँदैछन् ।
आज जवाहरलाल नेहरू विश्वविद्यालयका प्राधयापक आनन्द कुमारले मार्क्स,गान्धी र वीपीबारे सम्भाषण दिनेछन् ।

त्यसपछि कांग्रेस महामन्त्री गगन थापा मञ्चमा देखिनेछन् । बिपीले नपाएकाे १५ वर्ष विषयक सत्र थापाले सञ्चालन गर्नेछन् । जसमा अतिथिहरू हरि शर्मा, बिपीन अधिकारी, अच्युत वाग्ले र मञ्चला झा हुनेछन् । वीपि काेइरालाले ०१५ सालमा प्रधानमन्त्री बन्दा १५ वर्षमा आमूल रूपान्तरणकाे सपना देखेका थिए । तर, ०१५ सालमा जननिर्वाचित पहिलाे प्रधानमन्त्री वीपी ०१७ सालमा पक्राउ परे । उनले १५ वर्षमा देशका हरेक परिवारकाे अवस्था आफ्नै परिवार अर्थात प्रधानमन्त्रीकाे परिवार साे सरह बनाउने सपना देखेपनि त्यस्ताे अवसर पाएनन् । आज थापाले सहजिकरण गर्ने सत्रमा यही विषयमा चर्चा हुनेछ ।

आज शुरूमै वीर गणेशमान चलचित्र देखाइनेछ ।

पहिलाे दिनकाे सत्रमा आइतबार महामन्त्री विश्वप्रकाश शर्माले बिपीकाे दृष्टिमा बिपी विषयकाे सत्र सहजीकरण गरेका थिए । जसमा सिके लाल, कृष्ण खनाल र भुवन ढुँगाना अतिथि रहेका थिए ।

आजकाे सत्रमा के छ ? 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको