काठमाडौँ, २४ भदौ । काठमाडौँमा बिपी साहित्य महोत्सव सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार महोत्सवको उद्घाटन गरेका हुन् । पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वश्वेरप्रसाद कोइरालाको ११०औं जन्मजयन्तीका अवसरमा आजदेखि तीन दिनसम्म बिपी साहित्य महोत्सव, २०८० हुनेछ।

कांग्रेसले कोइरालाको जन्मदिन भदौ २४ गतेलाई हरेक वर्ष विपी जन्मजयन्तीका रूपमा मनाउँदै आएको छ।

तीन दिनसम्म चल्ने महोत्सवमा कविता साँझ, गजल साँझ, सांगीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनीलगायत कार्यक्रम हुने कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए। मुलुक बिपीले देखाएको राजनीतिक प्रणालीमा अघि बढेको देउवाको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको