काठमाडौ, २४ भदौ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ४२ पैसा र बिक्री दर १३३ रूपैयाँ ०२ पैसा कायम रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४१ रूपैयाँ ७२ पैसा र बिक्री दर १४२ रूपैयाँ ३६ पैसा रहेको छ।

लायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ २३ पैसा र बिक्री दर १६६ रूपैयाँ ९८ पैसामा कारोबार हुदाँ अष्ट्रेलियन डलर खरिदमा ८४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८५ रुपैयाँ ५ पैसामा तथा क्यानेडियन डलर खरिदमा ९६ रुपैयाँ ९ पैसा, बिक्रीदर ९७ रुपैयाँ ३४ पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९ रुपैयाँ ३ पैसामा कारोबार हुदाँ दक्षिण कोरीया वन १०० को खरिदमा ९ रूपैयाँ ९३ पैसा र बिक्रीदर ९ रूपैयाँ ९७ पैसामा खरिदबिक्री हुनेछ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३२ पैसा र बिक्री दर ३६ रूपैयाँ ४९ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३ रुपैयाँ र बिक्री दर ३५.४६ रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर २८.३२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४४ रुपैयाँमा कारोबार हुनेछ ।

साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.३१ पैसा विक्रीदर ४३१.२५ पैसामा कारोबार हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको