
एजेन्सी, २४ भदौ । श्रीलंकाले एसिया कप क्रिकेटको सुपर फोरमा लगातार दोस्रो जित हात पारेको छ। गए राति घरेलु मैदान कोलम्बोमा श्रीलंकाले बंगलादेशलाई २१ रनले हरायो। बंगलादेशले भने सुपर फोरमा लगातार दोस्रो हार भोग्यो।
खेलमा टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५७ रन बनाएको थियो।
जसका लागि समाराविक्रमाले ७२ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ९३ रनको योगदान दिए। त्यस्तै कुशल मेन्डिसले ५० रन जोडे।
जवाफमा जितको लागि २५८ रनको विजय लक्ष्य पछ्याएको बंगलादेश ४८.१ ओभरमा २३६ रनमा अल आउट भयो। बंगलादेशका तोवहिद हृदोयले सर्वाधिक ८२ रनको योगदान दिए पनि जितका लागि पर्याप्त भएन।
श्रीलंकाको लागि दासुन शानका, महिष तिक्षणा र पाथिरानाले ३र३ विकेट लिएका थिए।