एजेन्सी, २३ भदौ । एकदिवसीय विश्वकपको वार्मअप सिरिजको रुपमा लिइएको न्युजिल्यान्डसँगको पहिलो खेलमा इंग्ल्यान्ड घरेलु मैदानमा ८ विकेटले पराजित भएको छ।

ओपनर डेभन कन्वे र डर्याल मिचेलले अविजित शतक प्रहार गरेपछि न्युजिल्यान्डले सानदार जितसँगै चार खेलको सिरिजमा १-० को अग्रता बनाएको छ। खेलमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ९१ रन बनाएको थिये।

जसका लागि इंग्ल्यान्डका कप्तान जस बटलरले सर्वाधिक ७२ रनको योगदान दिए। बलिङमा रचिन रविन्द्रले १० ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए। यसपछि २९२ रनको लक्ष्य न्युजिल्यान्डले ४५.४ ओभरमा मत्र २ विकेट गुमाउँदै पूरा गर्यो। जहाँ ओपनर डेभन कन्वेले १ सय ११ रनको अविजित शतकीय पारी खेले।

विष्फोटक ब्याटिङ गरेका डर्याल मिचेलले भने ९१ बलमा ७ चौक र ७ छक्कासहित अविजित १ सय १८ रनको योगदान दिए। यी दुईले तेस्रो विकेटका लागि १ सय ८० रनको अविजित साझेदारी गरेका थिए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको