काठमाडौं :नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव माथी भएको सङ्घातिक हमलाको विराेधमा नेविसंघ पशुपति क्याम्पसले विराेध प्रदर्शन गरेकाे छ । अपराधीलाई कानुनी दायरामा ल्याउन माग गर्दै नेपाल विद्यार्थी संघ केन्द्रिय समितिको निर्देशनमा राँके जुलुससहितको कोणासभा सम्पन्न भएकाे छ ।
पशुपति क्याम्पस नेविसंघका नेता करूणासागर सिग्देलले सञ्चालन गरेकाे काेणसभालाई नेविसंघका केन्द्रीय सदस्यहरू दिपक नेपाल, दिपक शाही, सुशील देउजा र पाउल बज्राचार्यले सम्बाेधन गरेका थिए ।