
काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवकाे अवस्था खतरामुक्त रहेकाे छ । उनीमाथि आज रिपोर्टर्स क्लवमा खुकुरी प्रहार भएकाे थियाे । खुकुरी प्रहारपछि उपचारका लागि ट्रमा सेन्टर पुर्याइएका यादवको टाउकोमा दुई लेअरमा टाँका लगाउनुपर्ने अवस्था देखिएको ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले जानकारी दिए । यादवकाे टाउकाको पछाडितर्फको भागमा गहिरो चोट छ। जसकारण भित्र र बाहिरी छालाको लेअर गरी दुई लेअरमा टाँका लगाउनुपर्ने रिजालले बताए ।
यादवलाई खुकुरी प्रहार गरेको आरोपमा नुवाकोटको विदुर नगरपालिका–७ तुप्चेका ४७ वर्षीय श्याम सापकोटालाई प्रहरीले पक्राउ गरेको छ। सापकोटा राजसंस्थाप्रति आस्थावान रहेको खुलेको छ। खुकुरी प्रहारपछि प्रहरीले उनलाई पक्राउ पर्दा उनले राजसंस्था जिन्दावाद भन्दै कराएका थिए ।