काठमाडौं, १८ भदौ । नेपालले एक खेल अगावै आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ।

समूह चरणमा लगातार चौथो जित निकाल्ने क्रममा नेपालले कतारलाई ९ विकेटले हरायो।

कतारले दिएको ७५ रनको लक्ष्य नेपालले १०.३ ओभरमै मात्र १ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको लागि ओपनर काजल श्रेष्ठले सर्वाधिक ३२, इन्दु बर्माले २० र सीता रानामगरले १७ रनको योगदान दिए।

खेलमा टस हारेर पहिला ब्याटिङ गरेको कतार निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रनमा समेटिएको थियो।

नेपालका लागि इन्दु वर्माले १७ औं ओभरमा तीन विकेट लिएकी थिइन्। इन्दुले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन्। त्यस्तै पूजा महतो र कविता जोशीले एक एक विकेट लिए।

समूह ‘ए’ मा नेपालले यसअघि मलेसिया, बहराइन र भुटानलाई पराजित गरिसकेको छ। नेपालको समूहमा मलेसिया, बहराइन, भुटान, कतार र यूएई छन्।

प्रतियोगितामा दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टि-२० क्वालिफायर खेल्न पाउने छन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको