काठमाडौं : इञ्जिनियरिङ शिक्षामा भएकाे शुल्कवृद्दि फिर्ता हुने भएकाे छ । भदाै १३ गते नेविसंघसँग भएकाे सहमति अनुसार त्रिभुवन विश्वविद्यालयले शुल्क फिर्ताकाे प्रक्रिया अघि बढाएकाे हाे । शुल्क फिर्ताकाे माग गर्दै नेविसंघले आमरण अनसन देखि बालुवाटार घेराउ समेत गरेकाे थियाे ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले शुल्क नघटे कडा आन्दोलनमा उत्रने बताउँदै उपकुलपतिलाई तत्काल माग सम्बाेधनमा गम्भीर बन्न ध्यानाकर्षण गराएका थिए ।
इञ्जिनियरिङ अध्ययन संस्थानले १ सय ४४ प्रतिशत शुल्कवृद्दि गरेलगत्तै नेविसंघ आन्दोलनमा उत्रिएकाे थियाे । नेविसंघको चर्काे दबाब पछि शुल्कवृद्धि फिर्तामा भएका सहमति कार्यान्वयनका लागि विश्वविद्यालयले प्रक्रिया अगाडि बढाइसकेकाे छ । उपकुलपतिकाे कार्यालयबाट इञ्जिनियरिङ अध्ययन संस्थानका डिनलाई शुल्क वृद्धि फिर्ताका लागि भएकाे सहमति कार्यान्वयनका लागि परिपत्र गरिसकेकाे छ ।
नेविसंघसँगकाे सहमति र साे कार्यान्वयनका लागि परिपत्र