एजेन्सी, १७ भदौ । हालान्डले ह्याट्रिक गरेपछि म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा फूलहमलाई ५-१ गोलको फराकिलो अन्तरले हराएको छ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन हालान्डले तीनै गोल दोस्रो हाफमा गरेका थिए। पहिलो हाफमा अल्भारेज र नाथन आकेले गोल गर्दै सिटीलाई २-० को अग्रता दिलाएका थिए।
लिगमा सिटीको यो लगातार चौथो जित हो। जितपछि स्पष्ट १२ अंकका साथ सिटी लिगको पहिलो स्थानमा छ।