
-ऋषभदेव घिमिरे
म आकाशदीप बालेर
पढ्न खोज्दैछु
बिशाल योजनमा फैलिएको
आकासे सिद्धान्त
सफेद निहारिका आकाश ओढेर
मस्तछिन मन्दाकिनीको प्रेममा ।
अनन्त छ आकाशको आशिका ।
आदिकालिन आगमको ब्रह्ममय लिला हो आकाश।धर्ती,सभ्यता,सृष्टि,प्रकृति र चराचरको आनुकाल्पनीक बहुअध्ययनीय उडानको उचाइ हो,गहिराइको गहन गङ्गा हो आकाश ।
खगोलीय, खगोलबिद्याको खोजले अझै खोजी रहेको छ ब्रह्माण्डको उत्पत्ति,रचना र रासमहिमा । हामी माथिको आकाश त हाम्रा आँखाले देखेको आकाशभन्दा धेरै पर पर पनि छ होला आकाररहित आकाश ।
देखिने आकाश मात्र सत्य नहुन सक्छ । माथि, धेरै माथि कति अमूर्त आकाश होला, आकाशका आकाशीय मण्डल होलान् । आकाश र आकाशगङ्गाको आकाशभेद अझै जान्न कहाँ सकिएको छ र !
बिज्ञान त केवल मर्त्यलोकको विशन्ती मात्र न हो ।
आकाशलोक त कति योजनमा छ,छ। अरबौं आकाशगङ्गा छन् होला, ग्यासका भयानक भयानक भट्टी होला, पानी, शीत, अध्यारो चिर्ने जून, ताप अनि उज्यालै उज्यालोको आलोकले प्रदीप्त छन् होला आकाश माथिका आकाशहरू ।
आकाशमार्गको बाटोमा थिए म। अनेकौं कल्पनाहरू
आकाश नहुदो हो त कति हानिकारक विकिरण आउथ्यो होला पृथ्वीमा। शुद्ध हावाको अभावमा कति मावन अस्तित्व सखाप हुन्थ्यो होला। आकाशै थिएन भने कहाँ उदाउथ्यो होला इन्द्रेणी ? आकाश अतुलनीय छ। आकाश त मनको शान्ति हो। जागरुकताको पर्याय हो,आकाश जति पटक हेरे पनि नअघाउने उचाइ हो।
आकाश शून्य छ,र पनि प्रकाशयुक्त छ। अग्नी,जल र वायु लगायतका पञ्चतत्वको निवासस्थान आकाशको महिमा एउटा आलेखमा कहाँ अटाउन सकिएलार
मनमा आउथे,जान्थे । बादलका थुम्काहरू छिचोल्दै छिचोल्दै विमान आफ्नै गतिमा चलिरहेको थियोे । कल्पना, संझना र कौतुहल पनि चलिरहेकै थियोे । आकाशमार्गबाटै लङ्का पुगेका थिए हनुमान । पुष्पक विमान पनि आकाशमार्ग मै उडेको थियोे । कति अप्राप्य इतिहासका गर्तमा फसे होलान् आकाशको आदिम महिमा वर्णन।
घरदेशबाट पातालदेश अमेरिका तर्फको आकाशेयात्रामा थिए म। आकाशवायुलाई चिर्दै थियो दुईतले आकाशयान । लाग्यो विचित्र आकाशमाथी केही लेखौं । आकाशको अनन्त आशिर्वादले लेख्ने प्रेरणा धेरैलाई दियो भन्ने लाग्छ। अथक आकाशले अझै दिइरहनेछ अजस्र अजम्बरी अक्षरका व्यञ्जनहरू ।
दुबईको धावनमार्गबाट धर्ती छोडेको विमान अमेरिकाको सानफ्रान्सिस्को तर्फ बडी रहदा बाहिरी हावाको तापमान अनुसार हावाको सापेक्षिक आद्रता माइनस ७२ डिग्री सेल्सियस थियोे। आकाशले नओतेको भए अझ कति चिसिन्थ्यो होला हावाको सतह । प्यासिफिक ओसनमाथि धेरैबेर उडान भयो । म समय समयमा स्क्रिन नियाल्दै कल्पनाको उडानमा हुन्थे । आकाश भन्दा पनि गाढा देखिन्थ्यो अगाडि सिटको पृष्ठभागमा जडित स्क्रिनमा पानीको रङ्ग । बादलका भीमकाय थुम्काहरू आउथे,जान्थे। हाम्रो विमानले बोकेभन्दा धेरै गुणा बढी तौल पानी बोकेर हिडेको बादल छिचोल्दै अगाडि बढ्थ्यो विमान । एकपटक त हल्लाउनुसम्म हल्लायो । सायद हावाको चाप बढेर होला । मेरो अगाडिको स्क्रिनले विमान अलि तल ओर्लेको देखायो। आकाश भने अझ माथी उक्लियो । आखिर सबै झर्ने त तलै न हो। आकाको गरिमा सदैव माथी छ ।
किटानीका साथ कहाँ भन्न सकिएला र केही खोज र अनुसन्धाले तय गरेका मानपनहरू अन्तिम सत्य होइनन्, सत्य त आकाश हो । आकाशका, अन्तरिक्ष र पृथ्वीबिचका भागहरूको अनुसन्धान र खोज गर्न अझै बाँकी पो छन् कि ? आकाशमा उडनुका, आकाशबाट वर्सनुका, आकाश मै चम्कनुका रहस्य व्यापक छन् र अझ होलान् पनि । उडिरहेको विमान आकाशले नओतेको भए अझ हल्लिन्थ्यो होला । धन्य हो आकाशको आसिका ।
आकाश त मनको शान्ति हो। जागरुकताको पर्याय हो,आकाश जति पटक हेरे पनि नअघाउने उचाइ हो।
आकाश शून्य छ,र पनि प्रकाशयुक्त छ। अग्नी,जल र वायु लगायतका पञ्चतत्वको निवासस्थान आकाशको महिमा एउटा आलेखमा कहाँ अटाउन सकिएला र !
आकाश, विशालता भित्रको रिक्तता हो। रिक्तता नै ब्रह्माण्डको जीवन्तता हो । ब्रह्मको गर्भ हो आकाश। रिक्त आकाशलाई मस्तिष्कमा धारणा गर्न सकियो भने सुविचारको आगमन हुन्छ।
सौर्य मण्डलको ठूलो ग्रह वृहस्पति पनि आकाश कै धरातलमा छ। ठूलो भएर पनि हल्लन्छ होला वृहस्पति । सानो ग्रह बुध पनि उस्तै धरातलमा रहेको छ । सबै गर्हहरुको हातल गुरुत्वाकर्षणले नै त निर्धारण गर्ने त हो।सिद्धान्ततस् अन्तरिक्षका विषय थुप्रै छन् र हुन सक्छन्। ग्रहहरुका आ-आफ्नै अस्तित्व छ। तिनै अस्तित्वका कारण ब्रह्माण्डको महत्त्व ब्रह्ममय छ । सूर्यको परिक्रमा गर्ने आठ ग्रहबिचको सन्तुलन छ । यो बिशाल ब्रह्माण्ड भित्र अनेक रहस्य छन् होला। भौतिक र रासायनिक गुण र दोषका कारण सहज मात्र कहाँ होला र आकाशलाई। यदाकदा असन्तुलित हुने भएर नै गर्जने त होला बादल । चक्कने त होला बिजुली । खस्ने त होलान् उल्काहरू ।
आफ्नै अक्षमा परिभ्रमण गरेका कारण पृथ्वीको अस्तित्व रहे जस्तै आकाशको अस्तित्व अझ गहन र महत्त्वपूर्ण छ । अध्यारो रातमा पनि शुभ्र निहारिकाका लहरहरू खेल्छन् आकाशमा । मन्दाकिनी स्वर्गदेखि परको आकाशबाट सलिल बनेर झर्छिन् धर्तीमा र पूर्णचन्द्रको मेखलाले जस्तै आकाशले अंगालो मारेर अगाध प्रेम गरेको छ ( मलाई,तिमीलाई र सभ्यतालाई ।
म इतिहास तिर पनि जान चाहन्न । बिज्ञान नवीन हो। लाखौं वर्षको इतिहास बोकेको खगोलबारे बिज्ञानले खोज्न बाँकी त कति छन् कति । सक्ने भए बिज्ञानले मानव निर्मित नमुना अन्तरिक्षमा बाहेक दिउसै तारा देखाई सक्ने थियोे आकाशमा । ग्रह,नक्षत्र, तारा गनेर ज्योतिष हेर्नेले आकाशमै जन्मपत्रिका, चिना, टिपन र लग्न लेखेर बन्ने थिए होलान् ज्योतिषाधिष । थुप्रैले पाउने थिए होलान् कर्मचारीले जस्तो आकाशसेवा पट्ट ।
सधैं आकाशले कहाँ निकाल्छर गगनभेदी आवाज। आकाशदेवीहरू शान्त रहेर रक्षा गरिरहन्छन् धर्ती र आकाशको । म पनि कहाँ शैव साधु जस्तो आकाशमुखी भएर आकाश तिर फर्केर आकाशकै मात्र तप गर्थे ररु केही समयको आकासे बाटोको यात्रीभएर केही घोत्लिएको मात्र हूँ ।
आकाश रक्षा कवज हो।
आकाश नहुदो हो त कति हानिकारक विकिरण आउथ्यो होला पृथ्वीमा। शुद्ध हावाको अभावमा कति मावन अस्तित्व सखाप हुन्थ्यो होला। आकाशै थिएन भने कहाँ उदाउथ्यो होला इन्द्रेणी रु आकाश अतुलनीय छ। आकाश त मनको शान्ति हो। जागरुकताको पर्याय हो,आकाश जति पटक हेरे पनि नअघाउने उचाइ हो।
आकाश शून्य छ,र पनि प्रकाशयुक्त छ। अग्नी,जल र वायु लगायतका पञ्चतत्वको निवासस्थान आकाशको महिमा एउटा आलेखमा कहाँ अटाउन सकिएला र !
आकाश, विशालता भित्रको रिक्तता हो। रिक्तता नै ब्रह्माण्डको जीवन्तता हो । ब्रह्मको गर्भ हो आकाश। रिक्त आकाशलाई मस्तिष्कमा धारणा गर्न सकियो भने सुविचारको आगमन हुन्छ। सुविचार ब्रह्म चेतना पनि हो। ब्रह्म वेदले भन्छ- आकाश शून्य छ। शून्यमा नै जगत छ। जगतले आकाश तत्वको सानो अंश मात्र जान्यो,बुझ्यो र मनन मात्र गर्न सक्यो भने ब्रह्म सत्य जगत मिथ्या हो भन्ने लाग्छ। आकाशबाट प्राप्त अनन्त आशिर्वाद अविरल प्राप्त होस् ।
आकाशका आसिका जगतका सम्पूर्ण प्राणीका निमित्त वरदान बनोस् । सबैको कल्याण होस् ।
विमान परिचारिकाले विमान अवतरणको सूचना भनिन् । सिटको पेटी बाध्न अनुरोध गरिन्। विमान बिस्तारै तल झर्न लाग्यो । आकाशले नियन्त्रण गर्यो।यान्त्रिक सहायताले गति मन्द भयो । आकाशको अमरत्व थिएन भने भकुण्डो जस्तै छिटै तल आउन पनि सक्थ्यो होला विमान ! आकासे यात्राबाट धर्तीमा अवतरण हुदै गर्दा यिनै मन्त्र याद आयो ।
ॐ द्यौ शान्तिरन्तरिक्ष शान्तिस्,
पृथ्वीशान्तिरापस् शान्ति रोषदयस् शान्ति ।
वनस्पतयस् शान्तिर्विश्वे देवास् शान्तिर्ब्रह्म शान्तिस्,
सर्वँ शान्तिस्, शान्तिरेव शान्तिस्, सा मा शान्तिरेधि ।।
।।ॐ शान्तिस् शान्तिस् शान्तिस् ।।