काठमाडौं : इञ्जिनियरिङ अध्ययन संस्थानले गरेकाे शुल्कवृद्दि विरूद्द नेविसंघ पुल्चोक क्याम्पसका इकाई अध्यक्ष सुलभ चापागाईंले आमरण अनसन शुरू गरेका छन् । संस्थानले भदौ ४ गते सूचना निकालेर इन्जिनियरिङतर्फ स्नातक तहका शुल्क वृद्धि गरेको जनाएको थियो । हालको शुल्कमा वृद्धि गरेर ७ लाख ७५ हजार ४२० रुपैयाँ पुर्‍याइएको छ ।

साे निर्णय फिर्ताकाे माग गर्दै चापागाईंले अनसन थालेका हुन् । माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनले बताए  । उनकाे आमरण अनसनमा नेविसंघ केन्द्रीय समितिले समेत ऐक्यबद्धता जनाउँदै माग पूरा गर्न ३ दिने अल्टिमेटम दिएकाेे छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको