काठमाडौं :नेपाल विद्यार्थी संघले इञ्जिनियरिङ अध्ययन संस्थान (आईओेई) ले गरेकाे शुल्कवृद्दि फिर्ता गर्न माग गरेकाे छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै शुल्क वृद्धिकाे निर्णय फिर्ताकाे माग गरेका हुन् ।
०८० साउन २५ गते बसेकाे संस्थानकाे बैठकले बिई,बिआर्ककाे शुल्क वृद्धिकाे निर्णय गरेकाे थियाे । गुणस्तरीय इञ्जिनियरिङ शिक्षा महँगाे हुँदा गरिब तथा जेहेन्दार विद्यार्थी अध्ययनबाट बञ्चित हुने भन्दै नेविसंघले संस्थानकाे समस्या गर्न अर्थमन्त्रालयकाे ध्यानाकर्षण पनि गराएकाे छ ।
साथै शुल्क वृद्धिविरूद्द जारी आमरण अनसनमा ऐक्यबद्धता जनाउँदै नेविसंघले शुल्क वृद्धि फिर्ता नभए आन्दोलनमा उत्रने चेतावनी पनि दिएकाे छ ।